
सर्वोच्चका न्यायाधीश श्रेष्ठले गरे एकैदिन ३० मुद्दाको सुनुवाई !
काठमाडौं – सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले मंगलबार एकैदिन ३० वटा मुद्दाको सुनुवाई सकाएका छन् ।
न्यायाधीश श्रेष्ठको एकल इजलासमा मंगलबारका लागि ३१ वटा मुद्दाको पेसी तोकिएको थियो । ती मध्ये एउटा मुद्दामात्र निवेदकबाट स्थगित भए पनि अन्य सबै मुद्दामा सुनुवाई भइसकेको छ ।
एकै दिन एउटा न्यायाधीशको इजलासमा यति धेरै मुद्दामा सुनुवाई हुनु सामान्य नभएको बताएको अधिवक्ता दीपक शर्मा भन्छन्, ‘यति धेरै मुद्दा एकल इजलासमा पर्नु सामान्य भए पनि सबै मुद्दाको सुनुवाई भनेको धेरै राम्रो हो ।’
इजलासमा गोलाप्रथाबाट मुद्दाको पेसी पर्ने हुँदा एकैदिन यति मुद्दा इजलासमा पर्नु अन्यथा नभए पनि यी सबै मुद्दाहरुको सुनुवाई हुनु भनेको चाहिँ न्यायाधीशको सक्रियता एवं प्रखर कार्यदक्षता मान्न सकिन्छ ।




कागजपत्र |
