नेपाललाई आठौँ सफलता, दीपेन्द्रले लिए विकेट


काठमाडौं – आईसीसी क्रिकेट विश्वकप छनोटमा अमेरिकाविरुद्ध दीपेन्द्रसिंह ऐरीले नेपाललाई आठौँ सफलता दिलाएका छन् ।

जिम्बाब्वेको राजधानी हरारेस्थित तकसिंगा स्पोर्ट्स क्लबमा चलिरहेको खेलको ४४औँ ओभरको दोस्रो बलमा दीपेन्द्रले जेस्सी सिंहलाई कप्तान रोहितकुमार पौडेलबाट क्याच गराए ।

जारी खेलमा नेपालबाट दीपेन्द्रले दोस्रो विकेट लिँदा करण केसीले चार विकेट लिएका थिए । ललितनारायण राजवंशी र गुल्सन झाले एक–एक विकेट लिएका थिए ।

अहिले ४४ ओभरको खेल सकिँदा अमेरिकाले आठ विकेट गुमाएर १७१ रन जोडेको छ ।

अमेरिकाविरुद्ध नेपालले पहिले बलिङ गर्दैछ । खेलका लागि भएको टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले फिल्डिङको निर्णय गर्दै अमेरिकालाई ब्याटिङ को निम्तो दिएका हुन् ।

प्रतिक्रिया