२६.५६ अंकले घट्यो नेप्से


काठमाडौं – साताको तेस्रो दिन आज(मंगलबार) सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ ।

आज नेप्से परिसूचक २६.५६ अंकले गिरावट हुँदा २०६४.८२ को विन्दुमा बन्द भएको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।

सोमबार पौने ४ अर्बको कारोबार भएको नेप्सेमा मंगलबार घटेर ४ अर्ब ११ करोड ६ लाखको कारोबार भएको छ । ६३ हजार ९५० वटा कारोबारमा १ करोड ७ लाख ९२ हजार ७४२ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

सोमबारसम्म लगातार ९ दिन बढ्दा १९१ अंक भन्दा माथिले वृद्धि भएको नेप्से सामबार १०औं दिनमा आएर एकल अंकको सामान्य गिरावट भएकोमा मंगलबार पनि घट्ने क्रमले निरन्तरता पाएको हो । लगानी, उत्पादनमूलक र व्यापार उपसूचकमा सामान्य वृद्धि भएको छ भने बैंकिङ उपसूचकमा समान्य मात्रै गिरावट भएपनि बीमा हाइड्रोपावर, वित्त कम्पनी र विकास बैंक उपसूचकमा उच्च अंकको गिरावट हुँदा नेप्सेमा पनि १.२७ प्रतिशतले गिरावट भएको हो ।

घटेको बजारमा मंगलबार नेपाल इन्फ्रास्ट्रचर बैंकको सर्वाधिक २० करोड ५८ लाखको सेयर कारोबार हुँदा शिवम् सिमेन्टको १९ करोड ४४ लाख र हिमालयन डिस्टिलरीको १३ करोड ६० लाखको कारोबार भएको छ ।

प्रतिक्रिया