पुस्तिकामा प्रदेशको नामको स्थानमा नम्बर राखेपछि संसद बैठक स्थगित


काठमाडौं – प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । पर्यटन र सहरी विकास मन्त्रालयले प्रदेशको ठाउँमा अंक राखेर ल्याएपछि एमाले सांसदहरूले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

सभामुखले रुलिङ गरेपनि एमाले सांसदहरूले अडान नछाडेपछि सभामुख घिमिरेले बैठक स्थगित गरेका छन् । सदनमा केही दिनयता मन्त्रालयगत् बजेटमाथि छलफल भइरहेको छ ।

पर्यटन मन्त्रालयले कोशी प्रदेशलाई १ नम्बर र सहरीले लुम्बिनीलाई ५ नम्बर प्रदेश उल्लेख गर्दै विनियोजित बजेट विवरण पुस्तिका वितरण गरेको थियो ।

प्रतिक्रिया