

हुम्ला जिप दुर्घटना अपडेट : १२ यात्रुलाई बचाउने चालक आफू भने रहेनन्

सुर्खेत – सोमबार बिहान हुम्लाको सिमिकोट हुँदै हिल्सा जान लागेको जिप कर्णाली नदीमा खस्यो । २२२६ प्रदेश ३ नम्बरको उक्त जिप च्याछहरा भीरमा उकालो चढ्दै गर्दा कर्णालीमा खसेको थियो ।
नदीमा खस्दा गम्भीर घाइते भएका चालक जनकपुरका राजेश हेम्जोङ लामाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख डीएसपी भिमलाल भट्टराईले चालक लामाको मृत्यु भएको बताएका हुन् ।
जिपमा चालकसहित १३ जना यात्रु थिए । उकालो चढ्दै गर्दा चालकले भने १२ जना यात्रुलाई झारेर उकालोमा गाडी लिने प्रयास गरेका थिए ।

