प्रहरी चेकिङका क्रममा लागुऔषध बरामद, एक जना पक्राउ


काठमाडाैं – लागुऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चेकिङका क्रममा लागुऔषध फेला परेपछि प्रहरीले पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २ छप्कैया बस्ने २८ वर्षीय सुवेदार अलीलाई पक्राउ गरेको हो ।

जेठ २ गते साँझ ललितपुरको बागमती गाउँपालिका वडा नम्बर ३ को छपेलीस्थित कान्तिलोकपथ सडकखण्डमा प्रहरी टोलीले चेकजाँच गरेको थियो ।

मूल सडकखण्डमा चेक प्वाइन्ट राखि शंकास्पद सवारी साधन चेकजाँच गर्ने क्रममा हेटौंडाबाट छपेली हुँदै चापागाउँतर्फ आउँदै गरेका अलीको साथबाट लागुऔषद बरामद भएको ललितपुर प्रहरीले जनाएको छ ।

प्रदेश-२-०३-०२२ प ७२ नम्बरको मोटरसाइकलमा सवार उनको झोला तथा पर्सबाट नाईट्राभेट ट्याब्लेट र खैरो हिरोइन जस्तो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया