
७० वर्षे उमेर हद हटेपछि ओली भेट्न च्यासल पुगे वामदेव
काठमाडौं – नेकपा एमालेले ७० वर्षे उमेर हदको प्रावधान हटाएपछि नेता वामदेव गौतम पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न च्यासल पुगेका छन्।
नेकपा माओवादी केन्द्रको नेतृत्वमा समाजवादी मोर्चा बनाउने तयारी भइरहेका बेला एमालेमा फर्किन इच्छुक गौतम ओली भेट्न च्यासल पुगेका हुन् ।
नेकपा एकता अभियानका संयोजक गौतमले यसअघि गत जेठ २४ गते शर्मा ओलीले बोलाएमा खुसीसाथ एमालेमा फर्किने बताएका थिए।
राष्ट्रियसभाका सदस्यसमेत रहेका उनले एमालेले ७० वर्षे उमेरको हदबन्दी हटाउने निर्णय गरेपछि पुरानै पार्टीमा फर्किने सम्भवना बढेको बताएका थिए।
हालसम्म एमालेको सदस्यता त्यागिनसकेका उनले एमालेले आफ्नो योग्यताअनुसारको भूमिका दिएमा सक्रिय हुने बताएका थिए ।



कागजपत्र |
