

ताप्लेजुङमा पहिरोमा परि चारजना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङमा पहिरोमा परि एकै घरका तीनसहित चारजना बेपत्ता भएका छन् ।
जिल्लाको सिदिङ्वा गाउँपालिका ६ मेहेलेमा पहिरो जाँदा चारजना बेपत्ता भएका हुन् ।
घर माथिबाट आएको पहिरोमा परि यामकुमार बुढाथोकीकी श्रीमती भगीमाया बुढाथोकी, बुहारी सन्ध्या बुढाथोकी र नाति प्रज्ज्वल बुढाथोकी बेपत्ता भएको प्रहरीले जनाएको छ ।
त्यही पहिरोमा परि हर्कबहादुर तामाङका छोरा गणेश तामाङ पनि बेपत्ता भएको बताइएको छ ।
यस्तै, मैवाखोलामा आएको बाढीका कारण ताप्लेजुङको दोभानमा ५ वटा घर पहिरोको जोखिममा परेको स्थानीयले बताएका छन् ।

