इन्फ्रास्ट्रक्चरको कारोबार खुल्यो, ‘सर्किट’माथि ‘सर्किट’, १२ मिनेटमा १२ लाख बढी माग


काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको कारोबार आइतबारबाट सुरु भएको छ ।

३४० रुपैयाँ प्रतिकित्ताबाट कारोबार सुरु भएको शेयर तीन मिनेटमै १० प्रतिशत बढेको छ । निफ्राको शेयर ३७४ रुपैयाँमा पुगेको छ ।

आईपीओमा सर्वाधिक चर्चित बनेको निफ्राको शेयर दोस्रो बजारमा अत्याधिक माग देखिन्छ । धितोपत्र बोर्डको पछिल्लो तथ्यांकमा हेर्दा निफ्राकाे शेयर काराेबार सुरू भएकाे १२ मिनेटमा १२ लाख भन्दा धेरै कित्ताको लागि माग देखिएको छ ।

दोस्रो बजारमा धेरै माग देखिएको यसको शेयर लगातार रुपमा सर्किट ब्रेक गर्दै अगाडि बढ्ने देखिएको छ ।

प्रतिक्रिया