सरकार जिल्ला निर्वाचन कार्यालय हटाउने पक्षमा छैन : गृहमन्त्री


काठमाडौं – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जिल्ला निर्वाचन कार्यालय हटाउने पक्षमा सरकार नरहेको बताएका छन् ।

बुधबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले सरकार जिल्ला निर्वाचन कार्यालय हटाउने पक्षमा नरहेको स्पष्ट पारेका हुन् । सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी वर्षको बजेट वक्तव्यमा जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने उल्लेख थियो ।

तर मन्त्री श्रेष्ठले प्रिन्ट गर्ने क्रममा उक्त शब्द परेको भए पनि सरकारको आशय खोरजी गर्ने नरहेको बताएका हुन् । उनका अनुसार खर्च कम गर्न वर्षभर नै कम काम लाग्ने कार्यालयहरूको खारेजी वा साइज घटाउने काम गर्ने निष्कर्ष निकालिएको थियो ।

‘तर सरकारले ठोस रूपमा निर्वाचन कार्यालय हटाउने निर्णय गरेको थिएन । बजेटमा जुन निर्वाचन जिल्ला कार्यालयको खारेजी भन्ने शब्द परेको छ, त्यो सरकारको आशय होइन । सरकार जिल्ला निर्वाचन कार्यालय हटाउने पक्षमा छैन,’ उनले दोहोर्याए ।

प्रतिक्रिया