

सुनको मूल्य बढ्यो, तोलामा कति ?

काठमाडौँ – नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ ।
आज तोलामा तीन सय रुपैयाँले बढेर तोलामा १ लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । उक्त सुन सोमबार भने एक लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजाबी सुनको मूल्य तोलाको एक लाख १२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तैगरी, चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी तोलाको १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

