आरजुसहित उपचारका लागि सिंगापुर जाँदै कांग्रेस सभापति देउवा


काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज सिंगापुर प्रस्थान गर्दैछन् ।

उनी आज राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

उनको सचिवालयका अनुसार सभापति देउवा नियमित फलोअपका लागि सिंगापुर जान लागेका हुन् । पेटसम्बन्धी समस्या देखिएपछि उनी केही वर्षअघिदेखि सिंगापुरको अस्पतालमा नियमित उपचार गराउँदै आएका छन् ।

पत्नीसहित आरजु देउवासहित सिंगापुर जान लागेको देउवा करिब एकसाता पछि स्वदेश फर्कने बताइएको छ ।

प्रतिक्रिया