भारतमा शक्तिशाली सामुद्रिक आँधी, गुजरातमा ‘अलर्ट’ जारी


नयाँदिल्ली – भारतमा बिपरजोय नामक सामुद्रिक आँधी (चक्रवात) शक्तिशाली बन्दै गएको त्यहाँको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आगामी २४ घण्टामा उक्त चक्रवात अझै तीव्र हुने देखिएको छ ।

अरब सागरमा आएको यो शक्तिशाली आँधीको असर आज भारतको गुजरातको तटीय क्षेत्रमा देखिएको छ । यसको प्रभावले वलसाडको समुद्री किनारमा शक्तिशाली छाल उठिरहेका छन् ।

समाचार एजेन्सी एएनआईका अनुसार, वलसाडका तहसीलदार टीसी पटेलले तिथल समुद्र तटमा जुन १४ सम्म पर्यटकलाई जान रोक लगाइएको बताएका छन् ।

चक्रवातको प्रभावले जुन १४ सम्म सौराष्ट्र–कच्छ र गुजरातका अन्य भागमा छिटपुट वर्षाको सम्भावना रहेको भारती मौसम विभागले जनाएको छ । गुजरातको तटीय क्षेत्रमा अलर्ट गरिएको छ र माछा मार्नेहरूलाई समुद्रमा नजान सुझाव दिइएको छ । एजेन्सी

प्रतिक्रिया