महिला तथा सामाजिक मामिला समिति सदस्यमा विन्दवासिनी कंसाकार मनोनीत


काठमाडौँ – प्रतिनिधिसभामा सदस्य विन्दवासिनी कंसाकार महिला तथा सामाजिक मामिला समितिमा मनोनीत भएकी छिन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सदस्यका रूपमा सांसद बनेकी हुन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७७ बमोजिम सभामुख देवराज घिमिरेले सांसद कंसाकारलाई समिति सदस्यमा मनोनयनका लागि प्रस्ताव गरेकोमा बैठकले सहमति जनाएको हो ।

प्रतिक्रिया