

दार्चुलामा एक मजदुरी गर्न युवकको कुटपिटबाट मृत्यु

दार्चुला – दार्चुलामा बाँकेका एक जनाको कुटपिटबाट मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहामगरका अनुसार बाँकेको नेपालगन्ज उपमहानगरपालिका- १९ का ३० वर्षीय देव परियारको मृत्यु भएको हो।
उनी सदरमुकाम खलंगास्थित बसपार्क नजिक निर्घात कुटपिट भएर अचेत अवस्थामा शनिबार राती भेटिएका थिए । उनको टाउको तथा शरीरभरी घाउ थिए। प्रहरीले उद्दार गरेर उपचारका लागि जिल्ला अस्पताल पुर्याएको थियो।
उपचारको क्रममा उनको आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ। परियारमाथी कुटपिट गर्नेको पहिचान खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जगत गाहामगरले बताए।
‘घटनामा संलग्न र कारण खुल्न सकेको छै, हामीले अनुसन्धान सुरु गरेका छौं,’ उनले भने । प्रहरीका अनुसार घटनाको सोधपुछका लागि चार जना समातिएका छन्। मृतक परियार मजदुरी काम गर्न केही दिन अघि खलंगा आएका थिए ।
खलंगाको एक होटेलमा नेपालगन्जबाटै आएका अन्य चार जनासँग उनी बस्दै आएका थिए । मृतकसँग बस्ने उनीहरूलाई घटनाबारे सोधपुछ गर्न नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक गाहामगरले बताए ।

