लुम्बिनी प्रदेश स्थापना दिवसको तयारी पुरा


बुटवल – लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी दाङ देउखुरीमा मनाउने प्रदेशको तेस्रो स्थापना दिवसको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

आज प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव रविलाल पन्थले फागुन २, ३ र ४ गते आयोजना गर्न लागिएको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन् ।

प्रदेश प्रमुख धर्मनाथ यादवको प्रमुख आतिथ्यता तथा मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा हुने मूल समारोहको कार्यक्रम देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालय परिसरमा हुनेछ ।

सो कार्यक्रममा प्रदेश सरकारले यसअघि घोषणा गरेका ५८ वटा पदक वितरण गरिनेछ ।

प्रतिक्रिया