

एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक

काठमाडौँ – एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले जेठ १९ गते शुक्रबार बिहान ११ बजे बस्ने गरी सचिवालय बैठक बोलाएका हुन् ।
यसअघि वैशाख अन्तिम साता बसेको एमाले केन्द्रीय कमिटी बैठकले २०८० साललाई सङ्गठन सुदृढीकरण वर्षका रूपमा अघि बढाउने र त्यसका लागि सबै केन्द्रीय सदस्यहरूलाई जिम्मेवारीसहित फरक भूगोलमा पठाउने निर्णय गरेको थियो ।

