नागरिकता विधेयक प्रमाणीकरणको लोसपाद्वारा स्वागत

नेपाली नागरिकहरुको पीडामा मल्हम काम गर्नेछ : अध्यक्ष ठाकुर


काठमाडौं – लामो समयसम्म अड्किएको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलद्वारा बुधबार प्रमाणीकरण भएपछि लोकतान्त्रिक समाजावादी पार्टीले स्वागत गर्दै धन्यवाद दिएको छ।

पार्टीका अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेललाई धन्यवाद दिएका हुन्।

‘राज्यविहिनताको स्थितिमा रहेका नेपाली नागरिकहरुको पीडामा मल्हमको काम गर्नेछ र समग्रतामासमेत नागरिकतासम्बन्धी धेरै हदसम्म समस्याको समाधान गर्नेछ। यस प्रक्रियामा न्यायसंगत रुपमा साथ सहयोग दिने सबैलाई हार्दिक धन्यवाद,’ विज्ञप्तिमा भनिएको छ।

पछिल्लो संसद्‌ले २ पटक पारित गरेर पठाए पनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमणीकारण नगरी छोडिदिएकी थिइन्। पहिलो पटक संसद्‌मै फिर्ता गरेकी राष्ट्रपति भण्डारीले दोस्रो पटक कुनै प्रक्रियामा नै प्रवेश गराइनन्। सोही विधेयकलाई राष्ट्रपति पौडेलले बुधबार प्रमाणीकरण गरेका हुन्।

प्रतिक्रिया