प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सार्ने


काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सार्ने तयारी गरिएको छ । विनाशकारी महाभूकम्पपछि सिंहदरबारको मूल भवनबाट विस्तापित बनेको प्रधानमन्त्रीको कार्यालय सार्ने तयारी भएको हो ।

सिहंदरबार भित्रकै पुरानै भवनमा सार्ने तयारी भएको जनाइएको छ । सिंहदरबारको मूलभवनको जगैदेखि पुनःनिर्माण (रेट्रो फिटिङ) सम्पन्न भएकाले फागुन ३ गते सोमबार उक्त भवनको उद्घाटन गरिने कार्यक्रम तय भएको छ ।

उद्घाटन भएकै दिनदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुरानै ठाउँमा सारिने कार्यालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया