

हतियारधारी समूहद्वारा एनएमबि बैंकको महोत्तरी शाखा लुटपाट

महोत्तरी – महोत्तरीमा हतियारधारी समूहले दिनदहाडै बैंक लुटेका छन् ।
हतियारधारी समूहले महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट १२ बजेर २० मिनेटमा रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरीका अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको हो । उनीहरूले कति रकम लुटपाट गरे भन्ने खुलेको छैन ।

