आमासँगै सुतेका दुई दाजुभाईको सर्पले टोकेर मृत्यु


सिन्धुली – सिन्धुलीमा सर्पदंशबाट २ जना बालकको मृत्यु भएको छ।

सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर १ कुर्थौलीमा सर्पदं‌शबाट २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

सोमबार राति आमा गंगा पहाडीसँग पक्की घरमा सुतिरहेका १३ वर्षीय ग्रीस पहाडी र उनका ३ वर्षीय भाइ ग्रीष्म पहाडीको सर्पले टोकेर मृत्यु भएको हो ।

मंगलबार बिहान करिब ३ बजे दुबै बालक छटपटाइरहेको अवस्थामा भेटिए पछि उनीहरुलाई तत्काल प्राथमिक उपचारका लागि सिर्थौली लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि जनकी हेल्थ केयर जनकपुर लगिएकोमा उपचारकै क्रममा बिहान ८ बजे दुवै दाजुभाईको मृत्यु भएको अस्पतालले जनाएको छ ।

ग्रीसको बाँया हातको औंलामा र ग्रीष्मको बाँया खुट्टामा निलडाम देखिएको थियो।

प्रतिक्रिया