गणतन्त्र दिवसको अवसरमा रेशम चौधरी छुट्दै


काठमाडौँ – गणतन्त्र दिवसको अवसरमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसहित १८ जना छुट्ने भएका छन् ।

संविधानको धारा २७६ मा माफीसम्बन्धी व्यवस्थाअनुसार मन्त्रिपरिषद्ले १८ जनालाई रिहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले गृहको प्रस्तावअनुसार सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

 

प्रतिक्रिया