

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपषिदको आकस्मिक बैठक बोलाएका छन् । आइतबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको हो ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा विशेष गरी प्रधानमन्त्रीको आसन्न भारत भ्रमण, भोलि संसद्मा पेस हुने आर्थिक वर्षको बजेट र गणतन्त्र दिवसमा कैदीहरूलाई दिइने छुटबारे निर्णय हुने एक मन्त्रीले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ गतेदेखि चार दिने भारत भ्रमणमा जाँदै छन् ।
यसका साथै भोलि जेठ १५ गते संसद्मा पेस हुने बजेट पनि मन्त्रिपरिषद्ले पास गर्नेछ ।

