


काभा वुमन्स् भलिबल : बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा नेपालले बंगलादेशलाई पराजित गरेको छ ।
मंगलबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा हराएको हो । पहिलो सेट २५–१० ले जितेको नेपालले दोस्रो सेट २५–८ र तेस्रो सेट २५–९ ले जितेको छ ।
प्रतियोगितामा यो नेपालको लगातार दोस्रो जित हो । नेपालले सोमबार कीर्गिस्तानलाई पराजित गरेको थियो । जारी प्रतियोगितामा लगातार दोस्रो जित हात पार्दै नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।
प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजाकिस्तानको सहभागिता रहेको छ ।

