

सुनको मूल्य तोलामा ८०० ले घट्यो

काठमाडौँ – आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । उक्त सुन सोमबार प्रतितोला १ लाख १० हजारमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख आठ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तैगरी, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

