काभा महिला भलिबल : नेपाल र बंगलादेश आज भिड्दै


काठमाडौं : काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले मंगलबार बंगलादेशको सामना गर्दैछ।

खेल राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा दिउँसो ३ बजे शुरु हुनेछ। पहिलो खेलमा सोमबार नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो।

प्रतियोगिता अन्तर्गत मंगलबारको अर्को खेलमा भारत र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ। यस्तै ​उज्वेकस्तान र माल्दिभ्सबीच तथा श्रीलंका र कजाकस्तान पनि प्रतिस्पर्धा हुनेछ।

नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स, किर्गिस्तान, उज्वेकस्तान र कजाकस्तान गरी आठ टोलीको सहभागिता छ।

समूह एमा घरेलु टोली नेपाल सहित भारत, बंगलादेश र किर्गिस्तान छन्। समूह बीमा श्रीलंका, माल्दिभ्स,उज्वेकिस्तान र कजाकस्तान छन् ।

प्रतिस्पर्धामा राउण्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया