जंगलमा झुण्डिएको अवस्थामा १९ वर्षीया किशोरीको शव फेला


काठमाडौं – रसुवाकी एक किशोरीको शव जंगलमा झुण्डिएको अवस्थामा फेला परेको छ। साथै डढेलोका कारण उनको शरीर जलेको छ।

जिल्लाको कालिका गाउँपालिका-४, भदौरेकी १९ वर्षीया लक्ष्मी पौडेलको शव रिप पालेको वनमा सोमबार भेटिएको हो।

उनी गत चैत २५ गतेबाट हराएकी थिइन्। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार लासको प्रकृति हेर्दा धेरै दिनअघि मृत्यु भएको जस्तो देखिन्छ। शव पोष्टमार्टमका लागि त्रिशूली अस्पताल लगिएको छ।

प्रतिक्रिया