

किशोरी बलात्कार आरोपमा दुई युवक पक्राउ

बर्दिया – बलात्कारको आरोपमा बर्दियाबाट दुई युवक पक्राउ परेका छन् । एक १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ठाकुरबाबा नगरपालिका– ६ बस्ने २४ वर्षीय विनोद परियार र सोही ठाउँका २० वर्षीय नमराज परियार पक्राउ परेका हुन् ।
उनीहरुले किशोरी घरमा बसिरहेको अवस्थामा आइतबार घुम्न जाने भन्दै जबरजस्ती मोटरसाइकलमा राखेर ठाकुरबाबा नगरपालिका– ७ स्थित सामुदायिक वनमा लगेर सामुहिक बलात्कार गरी फरार भएका प्रहरीले जनाएको छ ।
आरोपी दुवै जनालाई ईलाका प्रहरी कार्यालय बगनाह भुरीगाउँबाट खटिएको प्रहरी टोलीले उनीहरुकै गाउँबाट पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए । आरोपी दुवैलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको सूचना अधिकारी बोहराले बताए ।

