


साउदी अरेबिया ड्रोन आक्रमण : यात्रुवाहक विमानमा आगलागी

साउदी अरेबिया – विमानस्थलमा ड्रोन आक्रमण हुँदा एक यात्रुवाहक विमानमा आगो लागेको छ । साउदी अरेबियाको विमानस्थलमा ड्रोन आक्रमण भएको हो ।
रिपोर्टअनुसार यमनको हुथी विद्रोही समूहले देशको दक्षिण पश्चिममा रहेको आभा अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गरेको र आक्रमणबाट एउटा यात्रुवाहक विमानमा आगो लागेको सञ्चार माध्यमहरूले जनाएको छन् । आक्रमणको केही समयमै इरान समर्थित हुथी विद्रोही समूहले यसको जिम्मेवारी लिएको थियो ।
साउदी सेनाका प्रवक्त येहिया सारेइका अनुसार विद्रोही समूहले आक्रमणको लागि ४ वटा बम बोकेका ड्रोन प्रयोग गरेका थिए । आक्रमणमा कुनै मानवीय क्षति भने भएको छैन तर यसले हुथी विद्रोहीबाट साउदी अरेबियालाई ठूलो खतरा भएको भने प्रस्ट पारेको छ ।
साउदीको सरकारी टेलिभिजनले जारी गरेको तस्वीरमा एयरबस ए ३२० विमानको तल्लो भागमा प्वाल परेको देखिएको छ । यो विमानस्थल यमनको सीमा नजिकै छ र पटक पटक हुथी विद्रोहीको निशानामा पर्ने गरेको छ ।

