


भारत भ्रमणमा सीमा समस्याबारे कुरा राख्न प्रचण्डलाई नेपालकाे सुझाव

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणको क्रममा सीमा समस्याको विषयमा कुरा राख्न सुझाव दिएका छन् ।
नीति तथा कार्यक्रममाथि छलफलको क्रममा बोल्दै उनले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो एजेण्डा बनाउनुपर्ने बताए ।
उनले प्रधानमन्त्रीलाई भ्रष्टाचारको जालो तोड्न इमानदारीका साथ अगाडि बढ्न आग्रह गरे ।
नेपालले भने, ‘तपाईं इमानदारीका साथ अगाडि बढ्नुस् । भ्रष्टाचारको जालोलाई तोड्नुस् । स्वच्छ सरकार देशलाई प्रदान गर्नुस् । गतिशील सरकार प्रदान गर्नुस् । काम ठग र आफ्नो सत्ताको दुरूपयोग गर्ने तत्वहरूलाई कारबाही गर्नुस् ।’
उनले निजगढ विमानस्थल बनाउन पनि सरकारसँग माग गरे ।

