

सन्दीपको मुद्दामा भएन फैसला, अदालतले माग्यो किशोरीको जन्मदर्ताको सक्कल फाइल

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा आज (आइतबार) अन्तिम सुनुवाइ भए पनि फैसला रोकिएको छ ।
यसअघि पनि पटक पटक पेशी तोकिएर सुनुवाइ हुन नसकेको यो मुद्दा आइतबार न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा सुनुवाइ भएको हो ।
तर अदालतले दुवै पक्षको बहस सुनिसकेपछि सन्दीपविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गराएकी किशोरी गौशाला २६ को जन्मदर्ताको सक्कल फाइल मगाउन आदेश दिएको छ।
न्यायाधीश पराजुलीको इजलासले किशोरीको जन्म दर्ता भएको भनिएको वडा कार्यालयको सक्कलै फाइल हेरिसकेपछि मात्रै यो मुद्दामा अन्तिम निर्णय दिने निर्णय लिएको हो।

