

भुटानी शरणार्थी प्रकरणको रहस्यबारे आइतवार संसदमा बोल्दै ओली !

काठमाडाैं – एमाले अध्यक्ष केपी ओलीले नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका लाने गिरोहको ठगीबारे आइतवार बस्ने प्रतिनिधिसभाको बैठकमा बोल्ने बताएका छन् ।
आइतवार नीति तथा कार्यक्रममा छलफल गर्नुपूर्व विशेष समय लिएर ओलीले प्रतिनिधिसभामा बोल्ने तयारी गरेका हुन् । यो ठगी प्रकरणबारे ओलीले ४ जेठमा बस्ने प्रतिनिधिसभा बैठकमा बोल्ने बताएका थिए ।
तर उनले त्यो दिन बोल्ने कुनै कार्यक्रम बन्न सकेन । तर ओलीले शनिवार बसेको पार्टीको संसदीय दलको बैठकका आइतवार संसदमा बोल्ने बताएका हुन् ।
यस अघिदेखि नै ओलीले यो ठगी प्रकरणका धेरै पाटाबारे आफूले बोल्ने बताउँदै आएका थिए ।
यस अघि केन्द्रीय समितिको बैठकमा बोल्दै ओलीले यो ठगीबारे महत्वपूर्ण तथ्य नै खोल्ने बताएका थिए ।
‘शरणार्थीका नाममा कहाँको को मान्छेलाई नक्कली शरणार्थी बनाएर पठाइयो भन्नेबारे बोल्छु, कसले पठायो र यसमा को–को संलग्न छन् भन्ने तथ्य पनि प्रस्तुत गर्ने कोशिश गर्छु ।’ ओलीले भनेका थिए ।

