जसपाकाे संघिय परिषद अध्यक्षमा डा. भट्टराई


काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) को संघिय परिषद अध्यक्षमा डा. बाबुराम भट्टराई चयन भएका छन् ।

सोमबार र मंगलबार बसेको केन्द्रीय कार्यकारिणी परिषद्को बैठकमा डा. भट्टराईलाई अध्यक्ष बनाउने सर्वसम्मत निर्णय गरेको हो । डा. भट्टराईलाई पार्टी एकताताका गरिएको सहमतिअनुसार अध्यक्षमा चयन गरिएको जनाइएको छ ।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी बनेको थियो । निर्वाचन आयोगमा पार्टी दर्ता जानुअगाडि भट्टराई अध्यक्ष रहेको बताए पनि अन्तिम समयमा आएर अध्यक्षबाट भट्टराईको नाम हटाइएको थियो ।

प्रतिक्रिया