राष्ट्रपति पौडेलले भोली संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले भोली दुवै सदनको सयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन ।

राष्ट्रपति पौडेलले भोली शुक्रबार चार बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ। राष्ट्रपति कार्यालयको पत्र संसदमा सभामुख देवराज घिमिरेले पढेर सुनाएका थिए ।

त्यसका लागि सांसदहरुलाई ३ः४५ बजे नै संसदमा उपस्थित हुन सभामुख देवराज घिमिरेले निर्देशन दिएका छन् ।

उक्त अवसरमा सभामुख घिमिरेले प्रतिनिधिसभाकै बैठक भोली साँझ ६ बजे बस्ने पनि जानकारी दिए ।

त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरूले साेधेको प्रश्नको जवाफ दिएका थिए ।

प्रतिक्रिया