

राप्रपा बैठक: अध्यक्ष ‘चोर’ नेताको पछि लागेको भनेपछि रिसाए लिङ्देन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठकमा भनाभन भएपछि केहीबेर बैठकको माहोल बिथोलिएको छ ।
बैठकमा आफ्नो धारणा राख्ने क्रममा एक केन्द्रीय सदस्यले अध्यक्ष राजेन्द्र लिङ्देन आफैँले यसअघि भनेको ‘चोर नेता’कै पछि लागेको आरोप लगाएपछि बैठकको माहोल बिथोलिएको हो ।
धुम्बाराहीमा सोमबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा मंगलबार आफ्नो धारणा राख्नेक्रममा केन्द्रीय सदस्य किशोर कार्कीले अध्यक्षको कार्यशैलीमाथि प्रश्न उठाउँदै आलोचनात्मक धारणा राखेका थिए ।
पार्टीमा विधि कायम हुनुपर्ने भएपनि त्यसो हुन नसकेको उनको भनाइ थियो । तर, धारणा राख्ने क्रममा अध्यक्ष लिङ्देनल मनपरी बोल्दा अनुशासनको कारबाही गर्ने चेतावनी कार्कीलाई दिएपछि बैठकको माहोल बिग्रिएको केन्द्रीय सदस्यले जानकारी दिए ।

