सुर्तीजन्य पदार्थमा कर बढाएर गरिबको नि: शुल्क उपचार गर्छु : स्वास्थ्य मन्त्री बस्नेत


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन्।

सिन्धुपाल्चोकको हेलम्बु– ३ स्थित पाल्चोक खानेपानी आयोजना उद्घाटन गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् ।

उनले गरिबले अस्पतालमा गएर उपचार गर्न सक्ने अवस्था नभएको भन्दै यो अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाए ।

उनले भने, ‘अहिलेको समयमा पनि देशका धेरै ठाउँमा थुन्से र डोकोमा हालेर अस्पतालमा लैजाने बाध्यता छ । सुर्तीजन्य पदार्थमा कर बढाई त्यसबाट गरिबलाई निःशुल्क उपचार गर्ने व्यवस्था गरिँदै छ।’

उनले आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्यले निःशुल्क पढाउने अभियान सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाबाट शुरु भइसकेको बताए। पाल्चोकमा स्वास्थ्य चौकीको भवन व्यवस्थित बनाउन पहल गर्ने पनि उनले बताए।

प्रतिक्रिया