जनयुद्धमा मर्न नडराउने माओवादी भ्रष्टसामु झुक्ने कुरै भएनः उपाध्यक्ष सापकोटा


काठमाडाैं – सत्तारुढ नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष अग्नी प्रसाद सापकोटाले उथलपुथलकारी दशवर्षे जनयुद्धमा मर्न नडराएको आफ्नो पार्टी र नेताहरु भ्रष्टाचार सफाई अभियानमा कसैसामु झुक्ने र सम्झौता नर्गे प्रष्ट्याएका छन् । शनिबार काठमाडौंको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा भएको उद्यमशीलताको विकास तथा उत्पादन सम्बन्धी एक दिने कार्यशालामा उनले सो प्रतिबद्धा जाहेर गरेका हुन्।

पूर्व सभामुखसमेत रहेका सापकोटाले शान्तिकालमा माओवादी अल्मलिएको जस्तो भएपनि अहिले आएर लय पकड्न थालेको महशुस भएको बताए । राजसंस्थाको बहिर्गमन र गणतन्त्र स्थापना जनयुद्धको बलमा भएको बताउँदै भने, ‘अब देश र जनताकोे भ्रष्टाचाररुपी दुष्मनको सफाई गरेर समाजवाद स्थापनाको मार्ग कोर्ने जिम्म पनि माओवादीको काँदमा आएको छ, पुनः दृढ बन्नुस कमरेडहरु ।’ वास्तविक नायक जनता भएको र आफूहरु निमित्त पात्र मात्रै भएकोले जनविरोधी कार्य गर्न कसैलाई छुट नहुने उनको बुझाइ छ ।

सापकोटाले एक हिस्सा सरकार-सत्ता र अर्को हिस्साले पार्टी संगठन चलाउने नीति अनुसार आफू विगतका तीन वर्ष सभामुख भएर बसेपनि अब पार्टीमा सक्रिय हुने बताए । विगतमा बटुलेका महत्वपूण अनुभवहरु आफूले पार्टी र संगठन बलियो बनाउनमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दै सबै नेता कार्यकर्ता उत्साहित भएर लाग्न अनुरोध गरे।

पार्टीका हरेक कार्यकर्तालाई अर्थिक हिसाबले आत्म निर्भर बनाउने हेतुले चलाईको आजको कार्यशालमा तीन जानले अवधारणा प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया