

एमाले स्थायी कमिटी बैठक सुरु

काठमाडौँ – नेकपा (एमाले)को स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक ललितपुरस्थित एमाले मुख्यालयमा सुरु भएको हो ।
केन्द्रीय कमिटीको बैठकमा मिसन ग्रासरुट अभियानको प्रदेश तर्फबाट कार्ययोजना प्रस्तुत भएपछि सोही कार्ययोजना अनुसार स्थायी कमिटी बैठकमा एकीकृत वार्षिक कार्ययोजना बनाउनेबारे छलफल हुने जनाइएको छ ।

