
भोजपुर उडेको नेपाल एयरलाइन्सको जहाजमा समस्या, काठमाडाैंमै फिर्ता
काठमाडौं – काठमाडौंबाट भोजपुर जाँदै गरेको नेपाल एयरलाइन्सको ट्विनअटर जहाजमा समस्या देखिएपछि काठमाडौं फिर्ता ल्याइएको छ।
बिहिबार बिहान ६ बजेर ३३ मिनेटमा काठमाडौंबाट उडेको जहाज ६ माइल टाढा पुगेपछि समस्या देखिएको थियो।
ककपिटको दाहिनेतिरको ढोकामा केही समस्या देखिएपछि काठमाडौं अवतरण गराइएको छ।
ककपिटको दाहिनेतिरको ढोकामा समस्या देखिएको तर प्राविधिक जाँच गरेपछि मात्रै जानकारी हुने बताइएको छ।
१६ जना यात्रु लिएर उडेको जहाज केहीसमयमै काठमाडौं मै अवतरण गराइएको थियो। नाइन एन एबीटी कल साइन रहेको जहाजको चेकजाँचपछि फेरि भोजपुर उडाउने तयारी छ।



कागजपत्र |
