सिंहदरबारमा शीर्ष नेताहरुको बैठक अझै जारी, गृहमन्त्री पनि सहभागी


काठमाडौं – प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ ।

करीब २ घण्टादेखी जारी शीर्ष नेताहरुको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा एकपछि अर्का दलका आइप्रोफाइल नेता मुछिएका बेला शीर्ष नेताहरुबीच भएको छलफललाई अर्थपूर्ण हेरीको छ ।

छलफलको एजेण्डा संक्रमणकालीन न्यायसम्बन्धी विषय भनिएको पनि आजै पुर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेतारामबहादर थापालाई प्ररीले पक्राउ गरेपछि सो विषयमा पनि छलफल हुने बुझिएको छ ।

नेपालीलाई नक्कली कागजात खडा गरी भुटानी शरनर्थी बनाई अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा यसअछि पुर्व गृहसचिव टेकनारायण पाण्डे लगायत १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । सोही प्रकरणमा संलग्न रहेको भन्दै पक्राउ पुजीसमेत जारी भइरकेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार रहेका छन् । उनी बैशाख २० गतेदेखी नै सम्पर्कविहीन बनेका छन् । उनलाई एमालेले पार्टीबाट निलम्बन गर्दै बार्वाही गरिसकेको छ ।

प्रतिक्रिया