भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्याउन प्रतिबद्ध छः नेपाल प्रहरी


काठमाडौँ – नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्याउन प्रतिबद्ध रहेको जनाएको छ ।

तथ्य र वस्तुगत प्रमाणमा आधारित रहेर अनुसन्धानलाई सारभूत रूपमा निष्कर्षमा पुऱ्याउन प्रतिबद्ध रहेको प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणहरूलाई ठगी गरी संगठित अपराध गरेको मुद्दाको विषयलाई लिएर केही सञ्चारमाध्यममा भ्रमपूर्ण समाचार सम्प्रेषण भएको भन्दै प्रहरीले ध्यानाकर्षण भएको समेत जनाएको छ ।

‘तथ्यहीन तथा भ्रामक समाचारबाट जनमानसमा गलत सूचना प्रवाह हुनजाने र मुद्दाको अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्नसक्ने भएकाले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न, गराउन हुन अनुरोध गरिएको छ’, जिसीको विज्ञप्तिमा उल्लेख छ ।

नक्कली शरणार्थी प्रकरणमा हालसम्म १२ जना पक्राउ परिसकेका छन् ।

May be an image of text

प्रतिक्रिया