पुरुषसँगको प्रतिस्पर्धा नै महिला पत्रकारहरुको चुनौती होः मन्त्री शर्मा


काठमाडौं – सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले महिला पत्रकारले चुनौतीपूर्ण अवस्थाको सामना गरिरहेको बताएकी छिन् । सोमवार काठमाडौंमा आयोजित विदेशी मामिलाहरू कभर गर्ने नेपाली पत्रकारहरूको अवस्थाबारे जानकारी दिन आयोजित कार्यक्रममा मन्त्री शर्माले पुरुषहरुसँगको प्रतिस्पर्धा नै महिलाहरूलागि ठूलो चुनौती रहेको बताएकी हुन् ।

उनले भनिन्,‘महिला पत्रकारको सङ्ख्या कम छ । पछिल्लो समयमा नेपाली पत्रकारीतामा आउँने लहर महिला समुदायमा पनि चलेको छ । त्यहाँ टिकिरहन र पुरुषहरुसँग प्रतिस्पर्धा गर्ने कुरामा महिला पत्रकारहरुका लागि धेरै चुनौतीहरु छन्।’

मन्त्री शर्माले अहिले महिला पत्रकारहरुको सङ्ख्या बढाएर न्यूनतम ३३ प्रतिशत पु-याउनु पर्ने पनि बताइन् । उनले महिला पत्रकारहरुलाई अगाडि बढाउँनका लागि मन्त्रालयबाट चाहिने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले भनिन्, ‘महिला पत्रकारहरु १८ प्रतिशत हुनुन्छ भन्ने पत्रकार महासंघमा तथ्याङक छ । तथ्याङकलाई बढाएर न्यूनतम ३३ प्रतिशत पु-याउनै पर्छ । त्यसपछि बढाउँदै लाने हो । त्यसमा मन्त्रालयको तर्फबाट के सहयोग गर्नुपर्छ म गर्न तयार छु ।’

उनले सरकारको काममा मिडिया क्षेत्रले विषयवस्तु उठाएर महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् । त्यस्तै अहिले गणतन्त्रमाथी प्रहार हुने काम भईरहेको पनि उनको भनाई छ ।

प्रतिक्रिया