
राष्ट्रिय महिला लिग फुटबलः सावित्राको दोहोरो ह्याट्रिकमा एपीएफ अपराजित
काठमाडौं – राष्ट्रिय महिला लिग फुटबलमा एपीएफले जित हात पारेको छ । सावित्रा भण्डारी ‘साम्वा’को दोहोरो ह्याट्रिक र अनिता बस्नेतको दुई गोल सहयोगमा अपराजित रहेको नेपाल एपीएफ क्लबले चन्द्रपुर नगरपालिका रौतहटमाथि ८-० को फराकिलो जित निकालेको छ।
बुधवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा चन्द्रपुर नगरपालिकालाई ८-० गोलले पराजित गर्दै एपीएफको जित हात पारेको हो ।एपीएफको जितमा स्टार सावित्रा भण्डारीले ह्याट्रिकसहित ६ गोल गरिन् । यस्तै कप्तान अनिता बस्नेतले २ गोल गरिन् ।
रौतहटको चन्द्रपुरविरुद्ध एपीएफले पहिलो मिनेटमै अग्रता बनाएको थियो । लिगमा एपीएफको यो आठौं जित हो । जितसँगै एपीएफले ८ खेलमा २४ अंक जोडेको छ ।
यो जितसँगै अपराजित रहेको एपीएफको उपाधि यात्रालाई बलियो बनाउँदा दोस्रो स्थानमा रहेको आर्मीलाई ५ अंकले पछि पारेको छ। एपीएफको ८ खेलबाट २४ अंक छ। एपीएफले लिगको आठौं चरण सकिँदा ६५ गोल गर्दा एक गोल पनि खाएको छैन। दोस्रो स्थानमा रहेको आर्मीको १९ अंक छ। पराजित चन्द्रपुर ८ खेलबाट ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ।
लिगमा बिहीबार दुई खेल हुनेछ। पहिलो खेलमा चौदन्डीगढी नगरपालिका उदयरपुर र वालिङ नगरपालिका स्याङ्जा तथा दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र बिराटनगर महानगरपालिका मोरङबीच प्रतिस्पर्धा हुनेछ।



कागजपत्र |
