सांसदहरूको ई-हाजिरी गर्ने तयारी, उपस्थितिलाई वेबसाइटमार्फत सार्वजनिक गरिने


काठमाडौं – संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभा)को बैठकमा सांसदहरुको डिजिटल उपस्थिति (ई-हाजिरी)को सुरुवात गर्ने तयारी भएको छ ।

सांसदहरुको उपस्थितिलाई वेबसाइटमार्फत सार्वजनिक गर्ने तयारी पनि संसद सचिवालयको छ । यो दुवै तयारीलाई थप तीव्रता दिन संसद सचिवालयलाई सभामुख देवराज घिमिरेको निर्देशन छ ।

आइतबार सिंहदरवारमा प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले भनेका छन्, ‘संसद सचिवालयलाई ईहाजिरीको तयारी गर्न, राष्ट्रिय सभाको अनुभवबारे अध्ययन गर्न निर्देश गर्दछु।’

प्रतिक्रिया