
अमेरिकी लडाकु विमान दक्षिण कोरियामा दुर्घटनाग्रस्त
सियोल – अमेरिकी सेनाको लडाकु विमान शनिबार दक्षिण कोरियामा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा कुनै हताहती भने नभएको योनहाप समाचार संस्थाले जनाएको छ ।
एफ–१६ लडाकु विमान राजधानी सियोलबाट करिब ७० किलोमिटर दक्षिणमा रहेको प्योङटेकमा स्थानीय समयानुसार बिहान ९ः३१ बजे खेतबारीमा दुर्घटनाग्रस्त भएको थियो । उक्त विमानमा सवार एक पाइलट दुर्घटना हुनुअघि भागेका थिए ।
लडाकु विमानको अधिकांश भाग जलेको छ । घटनास्थलनजिक कुनै घरलगायत अन्य संरचना नभाएकाले अरू कुनै क्षति नभएको प्रहरी अधिकारीले बताएका छन् ।



कागजपत्र |
