नेपालीलाई नक्कली शरणार्थी बनाउनु जघन्य अपराध हो, संलग्न सबैलाई कारबाही गर्नुपर्छ : कांग्रेस प्रवक्ता महत


काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा। प्रकाशशरण महतले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकपछि प्रवक्ता महतले नागरिकलाई अमेरिका लैजाने भनेर नक्कली भुटानी शरणार्थी बनाउने कुरा जघन्य अपराध भएको बताए ।

‘यो जघन्य अपराध हो, यस्तो खाले क्रियाकलापको जति निन्दा गरेपनि अपर्याप्त हुन्छ। यसमा को(को संलग्न छन् रु कसरी संलग्न भए रु’, महतले भने, ‘अनुसन्धान गर्ने निकायले बाहिर ल्याउला, त्यसको न्याय निरुपण होला । जो जो सहभागी छन्, उनीहरुको सजायको दायरामा आउनुपर्छ, आउँछन्।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांगे्रसकै नेताहरुको संलग्नता भएपनि गलत काम गरेको भए कानुनी कठघरामा आउने उनको भनाइ छ ।

उनले भने, ‘जसले गलत काम गरेको छ, कानुनी कठघरामा आउनुपर्छ । यो उ भन्ने छैन ।’

प्रतिक्रिया