
न्यायालयमा हुने ढिला सुस्ती अन्त्यका लागि काम गर्छु : कानुनमन्त्री गुरुङ
काठमाडौं – नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले न्यायालयमा हुने ढिला सुस्ती अन्त्यका लागि काम गर्ने बताएका छन् ।
बिहीबार राष्ट्रपति निवासमा शपथ ग्रहण गरे लगत्तै सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका मन्त्री गुरुङले न्यायालयमा न्याय ढिलो हुने गरेको भन्ने सुन्ने गरेको भन्दै उक्त समस्या समाधानका लागि काम गर्ने बताएका हुन् ।
मन्त्रालयमा पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री गुरुङले भने, ‘न्याय ढिलो हुने गरेको भन्ने छ, त्यसको अन्त्यका लागि मैले काम गर्छु।’
यस्तै, उनले स्वतन्त्र न्यायपालिका लोकतन्त्रको मेरुदण्ड भएको र आफू स्वतन्त्र न्यायलयप्रति प्रतिबद्ध रहेको बताए ।



कागजपत्र |
