
दैनिक १८ घण्टा मन्त्रालयमा बसेर काम गर्ने खेलकुदमन्त्री लिम्बुको प्रतिबद्धता
काठमाडौं – नवनियुक्त युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले दैनिक १८ घण्टा मन्त्रालयमा बसेर काम गर्ने बताएका छन् । बुधबार प्रधानमन्त्रीको सिफारिसमा खेलकुदमन्त्री नियुक्त भएका मन्त्री लिम्बुले खेल क्षेत्रमा महसुस गरेका अभावलाई समाधान गर्ने गरी काम गर्ने बताएका हुन् ।
बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शपथ दिए लगत्तै मन्त्रालयको जिम्मेवारी सम्हालेका मनत्री लिम्बुले सञ्चारकर्मीहरूसँग कुरा गर्दै दैनिक १८ घण्टा मन्त्रालयमा बसेर काम प्रतिबद्धता जनाएका हुन् । उनले खेल र खेल क्षेत्रको भौतिक तथा पूर्वाधार विकास गर्ने कुरामा आफ्नो प्राथमिकता रहने बताए । लिम्बुले हरेक कुरालाई सकारात्मक ढंगबाट लिन पनि आग्रह गरे ।
लिम्बुले भने, ‘समग्र खेल जीवन र यसको भौतिक तथा पूर्वाधार विकास गर्ने कुरामा अहिलेसम्म अभाव छ, खेलाडी साथीहरूले, पदाधिकारीले जे अभाव महसुस गर्नुभएको छ, त्यसलाई मध्यनजर गरेर काम गर्ने प्रयास गर्नेछु । सकेसम्म देखिने र धेरै मानिसको चित्त बुझ्नेगरी काम गर्नेछु । केही समय अध्ययन गर्न समय लाग्छ, काममा विश्वास गर्ने मानिस हो म । हरेक कुरालाई सकारात्मक ढंगबाट लिनुपर्छ, नेपालीले गर्न सक्छन् भन्नेकुरा खेलाडी साथीहरूले देखाइरहनुभएको छ । म १८ घण्टाको समय दिएर काम गर्नेछु ।’



कागजपत्र |
