
नक्कली शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीलाई मुछ्नु शंकास्पद : ओली
काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिव टोपबहादुर रायमाझीलाई नक्कली शरणार्थी प्रकरणमा मुछ्नु संकास्पद रहेको बताएका छन् ।
नेपालीलाशई फर्जी कागजाद बनाई भुटानी शरणर्थी बनाइ अमेरिका पठाउने मुद्धामा रायमाझीको पक्राउ पुर्जीलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराउदै संका व्यक्त गरेका हुन् । अध्यक्ष ओलीले बिहीबार सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालय पुगेर उनले यस विषयमा गम्भीर हुन ध्यानाकर्षण गराएका थिए।
उनले भने ‘यो तानिएको हो कि तनाइएको हो। अध्ययन गर्दैछु। एमालेले यो विषयमा सहयोग गर्छ,’ तर निर्दोषलाई फसाउन खोजिए आफूहरु नसहने ओलीको भनाइ छ। ‘निर्दोष पर्नुहुँदैन। दोषी उम्कनु हुँदैन। दोषी उम्काउने हाम्रो प्रयास हुँदैन। निर्दोष फसाउन खोजियो भने हामी सहँदैनौं,’ सञ्चारकर्मीसँग ओलीले भने।
उनले बहालवाला सांसद, पटक-पटक मन्त्री भइसकेका नेतालाई बाटोमा हिँड्दा हिँड्दै समात्नु रहस्यपूर्ण भएको बताए। ‘पार्टीका नेतालाई बाटोमा हिँड्दा हिँड्दै समाउनुपर्ने कुरा रहस्यपूर्ण छ। कतै उम्केर भागेर जाने खालको त होइन,’ उनले भने, ‘हिजो मैले कुरा गर्दा उहाँले आइजीपीले यसबारे बुझ्न खोज्नुभएको र त्यस विषयमा प्रस्ट पारदिनुपर्ने बताएका थिए। काठमाडौं आउने पनि भन्नुभएको थियो।’



कागजपत्र |
