

गृहद्वारा एसपी तिम्सिनाको राजीनामा स्वीकृत

काठमाडौं – प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा सिफारिस नभएपछि असन्तुष्टि जनाउँदै राजीनामा दिएका नेपाल प्रहरीका एसपी आभूषण तिम्सिनाको राजीनामा स्वीकृत भएको छ ।
गृह मन्त्रालयले बुधबार राजीनामा स्वीकृत गरेको हो। बढुवा समितिले गत साता १८ एसपीलाई बढुवा सिफारिस गरेको थियो । इन्स्पेक्टर भर्नामा आफू पहिलो नम्बरमा रहेको, तर बढुवामा अन्याय भएको भन्दै तिम्सिनाले गत आइतबार राजीनामा दिएका थिए ।
उनको राजीनामा स्वीकृत भएसँगै प्रहरीमा एसपीका २२ पद रिक्त भएका छन् ।

